प्रिमियर लिगमा आज ६ खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिगमा आज विभिन्न ६ खेल हुँदै छन्। शुक्रबारबाट शुरु भएको नयाँ सिजनको दोस्रो दिनमा ६ खेल हुन लागेका हुन्।

नेपालभ्युज

प्रिमियर लिगमा आज ६ खेल हुँदै

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिगमा आज विभिन्न ६ खेल हुँदै छन्। शुक्रबारबाट शुरु भएको नयाँ सिजनको दोस्रो दिनमा ६ खेल हुन लागेका हुन्।

शनिबार हुने पहिलो खेलमा फुलहमले लिभरपुललाई आतिथ्यता प्रदान गर्दैछ। फुलहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बाट शुरु हुनेछ।

आजको खेलमा लिभरपुल सहज जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ। यता फुलहम पनि सोही योजनामा हुनेछ।

आज हुने अर्काे खेलमा टोटेनहमले साउथ ह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ। टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ७ः४५ बाट सुरु हुनेछ।

सोही समयमा बर्नमाउथले एस्टनभिल्लासँग प्रतिस्पर्धा गर्दा न्युक्यासलले नथिङहम फरेस्टलाई आतिथ्यता प्रदान गर्नेछ। यसैसमयमा हुने अर्काे खेलमा लिड्स युनाइटेड र उल्भ्स प्रतिस्पर्धा गर्नेछन्।

आज हुने अन्तिम खेलमा एभर्टनले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०ः१५ मा शुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved