ग्लोबल आइएमई बैंकको प्रायोजनमा कोप कार्ड सेवाको शुभारम्भ

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरुको लागि कोप कार्डको सेवा शुभारम्भ गरेको छ।

नेपालभ्युज

ग्लोबल आइएमई बैंकको प्रायोजनमा कोप कार्ड सेवाको शुभारम्भ

काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरुको लागि कोप कार्डको सेवा शुभारम्भ गरेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरूको लागि सहकारी पहिचान सहितको कोप कार्डको शुभारम्भ गर्नुभएको छ।

यो कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल र भारतका एटीएम तथा पीओएस मार्फत जुनसुकै स्थानबाट सहजै चलाउन सकिनेछ।

यो कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरूले जारी गर्नेछन्।

यस सहकार्य पश्चात् मुलुकभरका करिब ३३,००० सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन्।

सहकारीहरूले आफ्नो सदस्यहरूलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएमबाट रकम निकाल्न सक्नेछन भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गरी भुक्तानी गर्न सक्नेछन।

यसले सहकारी सदस्यहरूको सहकारी प्रतिको विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा चौबिसै घण्टा उपलब्ध हुनेछ ।

कोप कार्ड प्रयोग गर्ने ग्राहकहरुले ग्लोबल आइएमई बैंकको २६६ एटीएमबाट रकम निकाल्दा कुनै शुल्क लाग्ने छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved