नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प

नेपालभ्युज

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प

काठमाडौं। नुवाकोट केन्द्र बनाएर भूकम्प गएको छ ।

विहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपाल भ्युजलाई जानकारी दिए ।

भूकम्पको धक्का नुवाकोट, धादिङ्, काठमाडौंसहित कैयौं जिल्लामा महसुस गरिएको थियो । सुतेका मानिस पनि धक्काका कारण  एकाविहानै उठेका थिए । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका ५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved