दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’

दुर्गेश थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन्। उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका हुन्।

नेपाल भ्युज

दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’

काठमाडौं। दुर्गेश थापाले तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका छन्। उनले शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका हुन्।

श्यामश्वेत रसाइलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन्। दुर्गेशले यसपटक गीतमा केही सन्देश बोकेर आएको बताएका छन्।

विगतमा जस्तै यसपटक पनि भिडियोमा दुर्गेश स्वयंले अभिनय गरेका छन् । साथमा, बाल कलाकारद्वय जेविन र जेविस श्रेष्ठको भिडियोमा फिचर्ड छन्। क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन्।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved