गठबन्धन दलहरूको तालमेल संविधानविपरीत हुने नेता रावलको दाबी

शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त हुँदाहुँदै आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए ।

नेपालभ्युज

गठबन्धन दलहरूको तालमेल संविधानविपरीत हुने नेता रावलको दाबी

काठमाडौं। नेकपा (एमाले) का नेता भीम रावलले गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त हुँदाहुँदै आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत हुने बताए ।

उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको टिप्पणी गरे।

गरै संवैधानिक गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने नेता रावलको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved