कर्णालीका विद्यालयमा देखिन थाल्यो कोरोना संक्रमण

कर्णालीका विद्यालयमा कोरोना संक्रमण देखिन थालेको छ। कर्णालीका मुगु जिल्ला र रुकुमपश्चिमका विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो।

कर्णालीका विद्यालयमा देखिन थाल्यो कोरोना संक्रमण

सुर्खेत। कर्णालीका विद्यालयमा कोरोना संक्रमण देखिन थालेको छ। कर्णालीका मुगु जिल्ला र रुकुमपश्चिमका विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो।

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय र रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३, को युवा जनजागरण माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थी र युवा जनजागरण माध्यमिक विद्यालयका ७ जना विद्यार्थीमा कोरोना पुष्टि भएको छ।

नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय एक सय ३२ जना विद्यार्थीहरूलाई एन्टिजेन परीक्षण गर्दा २६ जना विद्यार्थीलाई कोरोना पोजेटिभ देखा परेको प्रधानाध्यापकले कुशल शाहीले बताए।

जनजागरण माध्यमिक विद्यालयमा २० जना विद्यार्थीमा एन्टिजेनमार्फत गरिएको परीक्षणमा ७ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको प्रधानाध्यापक कृष्ण खड्का बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved