अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गत सोमबार गएको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको सडक बिहीबार साँझदेखि नियमित भएको हो।

नेपालभ्युज

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
फाइल फोटो

काठमाडौं। कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि नियमित भएको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभिरमा गत सोमबार गएको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको सडक बिहीबार साँझदेखि नियमित भएको हो।

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।

सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोर-दोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिरोको उच्च जोखिम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved