चीनको अत्याधुनिक सैन्य पानीजहाज श्रीलंकातर्फ अघि बढ्दै, भारतद्वारा चिन्ता व्यक्त

नेपालभ्युज

चीनको अत्याधुनिक सैन्य पानीजहाज श्रीलंकातर्फ अघि बढ्दै, भारतद्वारा चिन्ता व्यक्त

काेलम्बो। चीनको एक अत्याधुनिक सैन्य पानीजहाज श्रीलंका तर्फ अघि बढिरहेको छ । चीनको एक रिसर्च सैन्य पानी जहाज श्रीलंकाको बन्दरगाहतर्फ अघि बढिरहेको भारतीय सञ्चारमाध्यम एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

जहाज ११ अगष्टमा हम्बनटोटा बन्दरगाह पुग्ने अनुमान रहेको छ । जहाजमा ४ सय जना मानिस रहेका छन् । जहाजमा एउटा विशेष एन्टेना रहेको र यसमा कयौँ सेन्सर पनि रहेको खबरमा उल्लेख छ ।

भारतले चिनियाँ जहाज श्रीलंकातर्फ गइरहेको विषयलाई चासोका साथ हेरेको जनाएको छ । श्रीलंकाको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेराथले भने भारतको चिन्ता र चासो स्वभाविक नरहेको बताएका छन् । उनले श्रीलंकामा कुनै पनि देशको विरुद्धमा गतिविधि हुन नदिइने भएकाले भारतले चिन्ता लिनु आवश्यक नरहेको बताएका छन् ।

भारत, चीन, रुस, जापान लगायत देशका नौसैनिक जहाजले अनुसन्धानको लागि बेला बेला आफ्नो देशसँग अनुरोध गर्ने र आफूहरुले पनि अनुमति दिने गरेको प्रवक्ता हेराथले बताएका छन् । परमाणु सक्षम जहाजले अनुमति मागेमा भने श्रीलंकाले अनुमति नदिने पनि उनले प्रष्ट पारेका छन् ।
यो पटक हिन्द महासागर क्षेत्रको निगरानी र नेभिगेसनको लागि चिनियाँ जहाज आउँदै गरेको श्रीलंकाले जनाएको छ । श्रीलंका जाँदै गरेको चिनियाँ जहाज अत्याधुनिक मध्येको एक हो । यो जहाजले परमाणु उर्जा संयन्त्र र सैन्य बेसको समेत निगरानी गर्ने क्षमता राख्दछ ।

भारतको रक्षा मन्त्रालयका एक अधिकारीले हिन्द महासागरमा प्रभावको लागि भारत र चीनले प्रतिष्पर्धा गरिरहेको अवस्थामा चीनले यस्ता गतिविधिबारे जानकारी दिनुपर्ने बताएका छन् ।

चीनका जहाज यसअघि पनि पटक पटक भारतको जलक्षेत्रमा प्रवेश गरेको तर जानकारी नदिएकाले शंका गर्ने ठाउँ रहेको ति अधिकारीले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved