फेरि शुक्रबारको सेयर कारोबार बन्द हुने

नेपालभ्युज

फेरि शुक्रबारको सेयर कारोबार बन्द हुने

काठमाडौं । सेयर बजारको शुक्रबारको कारोबार फेरि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रबन्धक निरन्जन फुयाँलले शुक्रबारको सेयर बजार छिट्टै बन्द गरिने बताए ।

सरकारले गत जेठमा सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार खुल्ने समय आइतबारको साटो शुक्रबार सारिएको थियो । तर, आइतबारको बिदा पुन कटौती भएसँगै अब सेयर कारोबारलाई पनि ५ दिन कायम गर्नुपर्ने फुयाँलले बताए ।

‘गत असारदेखि नेपालमा कारोबार ६ दिन गरिएको छ । चाडैं शुक्रबारको कारोबार हटाएर पुनः ५ दिन सेयर कारोबार दिन कायम गर्दैछौं’ फुयाँलले बताए ।

गत असार ३ गते यता शुक्रबार ११ बजेदेखि १ बजेसम्म सेयर कारोबार हुँदै आएको छ । तर नेप्सेले चाडैं सो व्यवस्था खारेज गर्ने तयारी गरेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved