काठमाडौं। वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । हृदयाघातका कारण ३ अगस्ट अर्थात् बुधबार साँझ उनको निधन भएको हो । लामो समयदेखि हृदय रोगसँग लडिरहेका उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या आएपछि लखनउमा उपचार भइरहेको थियो । यसै क्रममा उनको हृदयाघातका कारण मृत्यु समाचारमा जनाइएको छ ।
मिथिलेश चतुर्वेदीको मृत्युको पुष्टि उनका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत गरेका छन् । आशिष चतुर्वेदीले सामाजिक सञ्जालमा मिथिलेशको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘तपाईं संसारकै उत्कृष्ट पिता हुनुहुन्छ । तपाईंले मलाई ज्वाइँ होइन, छोराको जस्तो माया दिनुभएको थियो । तपाईंको आत्माले शान्ति पाओस् ।’
चतुर्वेदीले सनी देओलको ‘गदर’, मनोज बाजपेयीको ‘सत्या’, शाहरुख खानको (अशोका’ को अलावा ‘ताल’, ‘बन्टी और बबली’, ‘कृष’, ‘रेडी’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
Facebook Comment
Comment