साम्पाङकाे उजुरीपछि बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता पक्राउ

नेपालभ्युज

धरान ।  बराह सहकारीपीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बाँस्तोला पक्राउ परेका छन्  । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको उजुरीका ‌आधारमा इलाका प्रहरी कार्यालय धरानले बुधबार बाँस्तोलालाई पक्राउ गरेको हो ।
मेयर साम्पाङले  संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बाँस्तोलाविरुद्ध आफ्नो कार्यालय तोडफोड तथा आफूविरुद्ध नाराबाजी गरेको आरोपमा  सोमबार जाहेरी दिएका थिए ।

जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति पाएपछि प्रहरीले  बाँस्तोलालाई धरानबाटै   पक्राउ गरेको  छ भने   संयोजक नेपालीको खोजी भइरहेको छ ।

मेयर साम्पाङले राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको र सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको भनि उजुरी दिएको  इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

गत आइतबार बराह बचत तथा ऋण सहकारीको बचतकर्ताहरूको रकम हिनामिना भएको विषयमा छानबिन समितिको बैठकमा पीडितहरूलाई मेयर साम्पाङले मलाई सोधेर पैसा राखेको हो र ? भनेपछि पीडितहरू आक्रोशित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved