धादिङका ‘बेगे’ पक्राउ, अमेरिकी र चिनियाँ हतियार बरामद

नेपालभ्युज

धादिङका ‘बेगे’ पक्राउ, अमेरिकी र चिनियाँ हतियार बरामद

धादिङ । धादिङका बेग बहादुर तामाङ ‘बेगे’ पक्राउ परेका छन् । लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा पक्राउ परेका ‘बेगे’ को घरबाट ३ थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षकको कमाण्डमा मंगलबार खटिएको टोलीले नीलकण्ठ नगरपालिका–३, धादिङबेसी थोपल खोलास्थित लपाङफेदीबाट आउँदै गरेको ग१ज ६७५३ नम्बरको गाडीलाई विशेष सूचनाको आधारमा चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सो क्रममा उक्त गाडीको पछाडी सीटमा बसेका धादिङ, खनियावास गाउँपालिका–४ बस्ने बेगबहादुर तामाङ र शोभा तामाङका साथबाट बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु एक थान र अमेरिकी डलरजस्तो देखिने ५० दरको नोट ९७ थान, १०० दरको १६३ थान बरामद  गरेको हो  ।

पक्राउपछि बयानको क्रममा थप शंकाष्पद देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो । प्रहरीले उनको घरमा प्रहरी इन्सपेक्टरको टोली खटाएर छापा मारेको थियो । घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान चाइनिज पस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ ।

उनको घरमा लुकाइराखेको अवस्थामा २० राउन्ड गोली, कटुवामा लाग्ने १ थान गोली पनि बरामद भएको थियो । एक किलो फाइन गोल्ड लेखिएको सुन र ५०० ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान बिस्कुट आकारको सुन बरामद गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved