वर्ल्डलिङ्कलाई मधेश प्रदेश सरकारको आईसीटी अवार्ड

प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आइसिटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेश प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो।

नेपालभ्युज

वर्ल्डलिङ्कलाई मधेश प्रदेश सरकारको आईसीटी अवार्ड

काठमाडौं। देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ। प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आइसिटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेश प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो।

मधेश प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यावसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो। त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो।

यस कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा वृहत् फाइवर नेटवर्क निमार्ण गरी नेपालको ७५ जिल्लाहरूमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ। यस कम्पनीले वर्तमान समयमा ६ लाख ४५ हजारभन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजारभन्दा बढि संघ संस्था, बैकं एवं वित्तीय संस्था तथा सरकारी कार्यालयहरूलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटी लगायत १३ हजारभन्दा बढी स्थानहरूमा फ्री वाइफाई सेवा उपलब्ध गराइरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष मार्फतको परियोजना अन्तर्गत यस कम्पनीले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापुर्वक नेटवर्क विस्तार गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved