बाढीले श्रीमान्–श्रीमतीलाई बगायो, सँगै बगेका १२ वर्षीय छोराको उद्धार

नेपालभ्युज

बुटवल। अविरल वर्षासँगै आएको बाढीले कपिलवस्तुमा मंगलबार (आज) एक दम्पतीलाई बगाएको छ । जिल्लाको वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरूलाई बगाएको हो । उनीहरूसँगै बगेका १२ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved