औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न माग

नेपालभ्युज

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न माग

काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरूको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्त्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेर औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गरी दीर्घकालीनरूपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ मंसिर २०७५ को बैठकले सरोकारवालाहरूको असहमति हुँदाहुँदै १ साउन २०७५ देखि लागू हुने गरी अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्तृत अध्ययन गर्न तत्कालीन उद्योगमन्त्रीले निर्देशन दिएका थिए । तर, गत २२ असारमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले १ साउन २०७५ देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved