हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार फुकुवा

नेपालभ्युज

हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीलाई सचेत गराउँदै सेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले पुनः सेयर दाखिला खारेज मिति तोकेर पठाउन निर्देशन दिँदै कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले साउन १३ गते बजार चलिरहेकै समयमा बोर्ड बैठक गरेको र बुक क्लोज दिनभन्दा ७ दिनअघि नै सूचना दिनुपर्नेमा त्योसमेत नदिएकोले कम्पनीलाई स्पष्टीकरण सोधी नेप्सेले कारोबार बन्द गरेको थियो ।

कम्पनीले साउन १३ गते शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखी ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारणसभा गर्ने निर्णय गरेको थियो ।

साधारणसभा प्रायोजनको लागि कम्पनीले साउन १९ गते बुकक्लोज गर्ने जनाएको छ । तर यसको सूचना १४ गते मात्रै दिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved