काभ्रेस्थली घटना

दिनेशको सुसाइड नोट : ससुरालीमाथि सम्पत्ति हडप्न खोजेको आरोप, श्रीमतीमाथि अनेक शंका

छोरा/छोरीको माया लागेर सँगै लैजान मारेको उल्लेख

नेपालभ्युज

दिनेशको सुसाइड नोट : ससुरालीमाथि सम्पत्ति हडप्न खोजेको आरोप, श्रीमतीमाथि अनेक शंका

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती र दुई छोराछोरीको ज्यान लिएर आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा सम्पत्तिलाई मुख्य कारण बनाएका छन् ।

१० पृष्ठ लामो सुसाइड नोटमा उनले श्रीमती र छोराछोरीको हत्या गरेपछि आफूले आत्महत्या गरेको लेखेका छन् । दिनेशले यस्तो गर्नुमा पत्नी सुनिता पाण्डेका माइतीलाई दोषी मानेको प्रहरी स्रोतले जनाएको छ ।

आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गर्न खोजेको जस्ता आरोप दिनेशले लगाएका छन् ।

‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दु:ख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे’ उनले सुसाइड नोटमा भनेका छन् – मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजे।’

यसवाहेक दिनेशको शंकालु ब्यवहारले पनि झगडा बढेको सुसाइड नोटमा उनले लेखेका शब्दले संकेत गर्छ । उनले श्रीमतीमाथि अर्कैसँग सम्बन्ध रहेको शंका पनि गरेका छन् । आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेको जस्ता आरोप पनि नोटमा लगाइएको छ ।

‘मलाई श्रीमतीले मोबाइल पनि छुन र हेर्न दिन्नथी। हेर्नै नदिने गरेकाले मलाई शंका लागेको थियो ‘ उनले भनेका छन् – श्नीमान भए पनि उसले मेरो केयर गर्दैनथी। छि छि र दुरदुर गर्ने अनि हेप्ने गरेकाले पीडा भएर यो कदम उठाउन बाध्य भएँ।’

दिनेशले छोरा छोरीलाई एक्लै छोडेर जान मनले नमानेकोले मारेको लेखेका छन् । ‘मेरा बच्चाबच्चीको औधी माया लाग्छ’ उनले नोटमा भनेका छन् – मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिएर जान यो कठोर कदम चाल्नु परेको हो।’

४१ वर्षीय दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको आइतवार राति ज्यान लिएर आत्महत्या गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved