मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी

बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरान उपमहानगरपालिकामा घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका छन्।

नेपालभ्युज

मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी

काठमाडौं। बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित सेयर सदस्य तथा वचतकर्ताहरुले धरान उपमहानगरपालिकामा घेराउ गर्दै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका छन्।

पीडितहरुलाई न्याय दिलाउन ढिलाई गरेको र छानबिन समितिसँगको छलफलमा बस्ने क्रममा आइतबार मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध घेराउ र नाराबाजी भएको हो।

मेयर साम्पाङले छलफलमा पीडितहरुकोतर्फबाट ५ जना मात्र प्रतिनिधिमुलुकरुपमा बस्न भन्दै बाहिरिएका थिए। त्यसलगत्तै पीडितहरु छलफलमा नबस्ने भन्दै बैठक कक्षबाट बाहिरिएर आन्दोलन चर्काएका थिए।

बराह पीडितहरुले प्रहरीको घेरासमेत तोडेर मेयरकै कार्यालयसम्म पुगेका थिए। त्यहाँ आक्रोशित भिडले मेयरको कार्यालय बाहिरको सिसासमेत फुटाइदिए। घटना अप्रिय हुन नदिन भन्दै जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा आफै पनि धरान आएका थिए।


Comment

One thought on “मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी

  1. बराह सहकारीमा आफ्नो पैसा राख्नु अघि हर्क साम्पाङलाई सोधेर राखेका हुन र ? बराहमा गलत ब्यबसाय चलिरहेको छ भन्ने कुरा धेरै पहिला नै हल्ला सुनिएकै थियो त ? बराह पिडितको नाममा स्थानिय निर्बाचन हारेका दलका झोलेहरुको घुसपैठ हो भन्छन त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved