देशको नेतृत्व गर्न पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु- रवि लामिछाने

लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्कोपटकको निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने अपेक्षा राखेको बताए।

नेपालभ्युज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने दाबी गरेका छन्। आइतबार कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीकोे जिल्ला भेलालाई सम्बोधन गर्दै संयोजक लामिछानेले बेथितिको चंगुलबाट मुक्त गराउने संकल्प रहेको सुनाए।

‘‘म जहाँ रहन्छु, अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु, नागरिकका समस्या थुप्रै छन्, ती समस्या समाधान गर्छु। मेरो नेतृत्वमा सरकार बने २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु’’ उनले भने।

सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने बताए।

आफूबाट देशलाई बिग्रार्ने काम नहुने प्रतिबद्धता जनाउँदै लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था परिवर्तन गर्ने बताए। लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्कोपटकको निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने अपेक्षा राखेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved