जनार्दन शर्मालाई नै अर्थमन्त्री बनाउने प्रस्ताव लिएर बालुवाटार पुगे प्रचण्ड

नेपालभ्युज

जनार्दन शर्मालाई नै अर्थमन्त्री बनाउने प्रस्ताव लिएर बालुवाटार पुगे प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्थमन्त्री नियुक्तिको प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको माओवादी स्रोतले बतायो । प्रचण्डले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्न आग्रह गर्ने स्रोतले बतायो ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो । शर्मा निर्दोष भएसँगै उनलाई नै अर्थमन्त्री बनाउन लागिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved