‘माया लाउँदै जाऊ’ गीतको छायांकन अभिनेता धीरेन शाक्यकै गृहनगरमा
नेपालभ्युज
काठमाडौं। सदावहार नायक धीरेन शाक्य र हङकङ निवासी मोडेल गायिका मञ्जु थापा अभिनीत ‘ माया लाउँदै जाऊ’ गीतको भिडियो लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा हालै सम्पन्न एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।
चर्चित गायक आनन्द कार्की र भारतीय गायिका साधना सरगमको स्वर रहेको उक्त गीतको भिडियोलाई अभिनेता धीरेन शाक्यकै गृहनगर पाल्पाको रानीमहल आसपासमा छायांकन गरिएको हो।
खड्ग शमशेरले आफ्नी रानीको मृत्युमा भावविह्वल भएर निर्माण गरिएको रानीमहलको कथाअनुरूप मायामा संसार अडिएको छ भन्ने किसिमको उक्त गीतको ऐतिहासिक कथाको भावअनुसार भिडियो निर्माण गरिएको निर्माणपक्षले जनाएको छ।
आनन्द अधिकारी र साधना सरगमको स्वर रहेको उक्त गीतमा सचिन सिंहको संगीत रहेको छ । यस्तै, भिडियोमा कमल राईको कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, राजेश महर्जनको निर्माण व्यवस्थापन, सुरज बास्तोलाको ध्वनि नियन्त्रण र आर्या गुरुङको शृङार रहेको छ।
हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’द्वारा सञ्चालित कार्यक्रममा ‘ माया लाउँदै जाऊ’ गीतमाथि आफ्नो धारणा राख्दै समाजसेवी अशोक महर्जन, लाजिम्पाट वडा-२ का वडाअध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले भिडियोको प्रशंसा गरेका थिए।
गीतको छायांकनका लागि पाल्पाका समाजसेवी अशोक महर्जन, सुरज बास्तोला र सागर महर्जनले सहयोग गरेका थिए ।
यस गीतलाई आनन्द कार्कीको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ।
Facebook Comment
Comment