एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धिका लागि भदाै ११ र १२ गतेको परीक्षा तालिका सार्वजनिक गरेको छ।

नेपालभ्युज

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते
फाइल फोटो

काठमाडाैं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा भदाै ११ र १२ गते हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेड वृद्धिका लागि भदाै ११ र १२ गतेको परीक्षा तालिका सार्वजनिक गरेको हाे।

तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात शून्य दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन् ।

बोर्डले मूख्य गरेर  शून्य दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ । तर त्यो भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

माध्यमिक शिक्षा परीक्षा एसईईमा १ दशमलव ६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने छन् ।  कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ ।

भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १ दशमलव ६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको बोर्डले जनाएको छ । बोर्डका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित विषय पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved