सामन्थाले किनिन् पूर्व पतिको घर

नेपालभ्युज

सामन्थाले किनिन् पूर्व पतिको घर

मुम्बई । साउथ फिल्म स्टार सामन्था रुथ प्रभुको नाम पूर्वपति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ । यिनै समान्थाले हालै मात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर किन्न उनले दुई गुणा बढी पैसा तिर्नुपरेको छ ।

सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए । त्यसपछि उनीहरुको बाटो सदाका लागि अलग–अलग रह्यो ।
तर, हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा छन् ।

उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिइन् । तर, सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो । अहिले पुनः यो आलिशान घरलाई सामन्थाले दुई गुणा बढी मूल्यमा किनेकी छन् ।

लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी सामन्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन् । यो तमिल फिल्म अगस्ट १२ मा रिलिज हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved