प्रचण्ड र ईयूका राजदूतबीच भेटवार्ता

नेपालभ्युज

प्रचण्ड र ईयूका राजदूतबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र युरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो ।

भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएकी छन् ।

प्रचण्डका स्वकीय सचिवका अनुसार उनले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवादसहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved