काठमाडौं। शुक्रबारबाट देशभरिका हलहरूमा फिल्म ‘पानी फोटो’ प्रदर्शनमा आएको छ ।
खगेन्द्र लामिछानेद्वारा निर्देशित फिल्म ‘पानी फोटो’ आज साउन १३ गतेदेखि देशभर प्रदर्शन आएको हो । ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरूपण गरिएको फिल्म हो । स्वयं खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरूप दिएका हुन् ।
फिल्ममा छोरा कुरेर बस्ने बाबुआमाको कथा प्रस्तुत छ । लामिछानेको डेब्यु निर्देशन रहेको ‘पानीफोटो’का निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् ।
फिल्ममा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, रमेश अधिकारी, कमलमणि नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमारलगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मलाई देशभरकै मल्टिप्लेक्सले औसत शो दिएका छन् । क्यूएफएक्स चेनले देशभरका हलमा २१ शो उपलब्ध गराएको छ । यस्तै, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा पनि फिल्मले अपेक्षित शो पाएको छैन ।
Facebook Comment
Comment