दुई–तीन दिनभित्रै चुनाव घोषणा हुन्छ : प्रचण्ड

नेपालभ्युज

दुई–तीन दिनभित्रै चुनाव घोषणा हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई–तीन दिनमै चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए ।

बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ। मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा हुनसक्छ ।’

उनले प्राविधिक विषय मिलाउन खोज्दा चुनाव घोषणा हुन ढिला भएको समेत बताए । शुक्रबार र शनिबार बस्ने प्रेस सेन्टरको केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved