सीटीईभीटीले माग्यो छात्रवृत्तिका लागि आवेदन

नेपालभ्युज

सीटीईभीटीले माग्यो छात्रवृत्तिका लागि आवेदन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सीटीईभीटी) ले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत निःशुल्क छात्रवृत्ति कोटाका लागि परिषद्ले आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले साउन २९ गतेभित्र आवेदन दिनसक्ने उल्लेख गरिएको छ ।

यसैगरी, परिषद्ले प्रि–डिप्लोमा तथा प्रमाणपत्र तहका लागि पनि आवदेन आह्वान गरेको छ । यसका लागि पनि साउन २९ गतेभित्र फारम भरिसक्नुपर्ने परिषद्ले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।


Comment

One thought on “सीटीईभीटीले माग्यो छात्रवृत्तिका लागि आवेदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved