यातायात क्षेत्रको अनियमितता रोक्न पहल गर्ने एमालेको निर्णय

नेपालभ्युज

यातायात क्षेत्रको अनियमितता रोक्न पहल गर्ने एमालेको निर्णय
पोखरा बसपार्क

रुपन्देही। नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको बैठक वुधबार बुटवलमा सम्पन्न भएको छ।

बैठकले यातायात क्षेत्रमा भइरहेको अनियमितता, भ्रष्टाचार र लापरवाहीको अध्ययन अनुगमन गर्ने निर्णय गर्दै दुर्घटना न्युनीकरणका लागि विज्ञहरुसँग राय सुझाव लिने निर्णय समेत गरेको छ।

विज्ञहरुसँगको सुझावका आधारमा समग्र यातायात क्षेत्र सुधारका लागि वृहत कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विभागका प्रमुख कुमार थापामगरले जानकारी दिए।

यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवा प्राप्त गर्न विचौलियाको सहयोग लिनुपर्ने बाध्यता वषौंदेखि चल्दै आएको भन्दै बैठकले यो विषयलाई रोक्न राज्यसँग कुनै स्पष्ट दृष्टिकोण नभएको ठहरसमेत बैठकले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved