फेसबुकमार्फत ‘भेट्ने काम छ’ भन्दै बोलाएर होटेलमा बन्धक

नेपालभ्युज

फेसबुकमार्फत ‘भेट्ने काम छ’ भन्दै बोलाएर होटेलमा बन्धक

दाङ। दाङमा ‘हनी ट्र्याप’मा पारेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ वर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का ३५ वर्षीय लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–७ निवासी २६ बर्सिया निर्मला विक, तुलसीपुर–४ खाद्रेका २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का २० वर्षीय मनोज थारु र गाडी चालक प्युठान घर भई हाल तुलसीपुर–६ बस्ने २४ वर्षीय जनक कुँवर रहेका छन्।

केही समयअघि केशवको चिनाजानी दाङ तुलसीपुरकी निमला विकसँग फेसबुकबाट भएको थियो। निर्मला विकले फेसबुकमा कुरा गर्दै सोमबार केशवलाई बुटवलमा भेट्न बोलाएकी थिइन्।

केशवलाई लिन पुगेका बबई गाउँपालिका–४ का ३५ वर्षीय लीला विक र सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्तीले गाडीमा हालेर सिधै तुलसीपुर ल्याए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोमबार राति नै तुलसीपुर ल्याएपछि सल्यान रोडस्थित युवम होटेलमा उनलाई बन्धक बनाएर राखिएको थियो।

७ लाख रुपैयाँ दिएमात्रै छोड्ने भन्दै उनीसँग रकम मागेका थिए। त्यसपछि प्रहरीले केशवको उद्दार गर्दै घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved