काठमाडौं उपत्यकाका नेवार समुदायले ‘भूत’ भगाएर मनाए गठेमंगल (फोटोहरू)

काठमाडौं उपत्यकाका नेवार समुदायले ‘भूत’ भगाएर मनाए गठेमंगल (फोटोहरू)

काठमाडौं। प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामंगल अर्थात् घण्टाकर्ण पर्व मंगलबार काठमाडौं उपत्यकाको भक्तपुरलगायतका क्षेत्रमा मनाइएको छ। चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामंगल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीमा नेवार समुदायले मनाउँछन्। नेवार समुदायले ‘भूत’ भगाएर  गठेमंगल मनाएका छन्।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानैदेखि विभिन्न गतिविधि गरेर मनाइयो। बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइएको छ।

छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी खेतको बीचमा लगेर बालिएको छ। यसोगर्दा धानमा कीरा नलाग्ने विश्वास रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्। कूल परम्पराअनुसार कतै भने गठामंगललाई खोला वा नदी किनारमा लगी जलाइएको छ।

गठामंगल अर्थात् घण्टाकर्ण पर्व मनाउँदाका हेरौँ केही फोटोहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved