कल सेन्टरको ठगी धन्दा अनुसन्धान गर्न सीआईबीको टोली रुपन्देहीमा

नेपालभ्युज

कल सेन्टरको ठगी धन्दा अनुसन्धान गर्न सीआईबीको टोली रुपन्देहीमा

काठमाडौं। अवैध रूपमा सञ्चालित कल सेन्टरको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान गर्न ब्युरो (सीआईबी) को टोली रुपन्देही पुगेको छ।

तिलोत्तमास्थित ब्लू स्काई सोलुसन प्रालि नाम दिइएको कल सेन्टरमा भएका गतिविधि अनुसन्धान गर्न (सीआईबी) टोली रुपन्देही पुगेको हो।
सूचना प्रविधिसम्बन्धी विज्ञ प्रहरी अधिकृत सहितको २ जनाको टोलीले मंगलबारबाट अनुसन्धान थालेको छ। कल सेन्टरले भारतीय नागरिकलाई बैंकिङ ऋण प्रवाहका नाममा ठगी गर्ने गरेको प्रहरीले बताएको छ।

रुपन्देही प्रहरीले गत आइतवार छापा मारेर त्यहाँ भइरहेका गतिविधिलाई नियन्त्रणमा लिएको थियो। ठगी कसूरमा मुख्य अभियुक्तका रूपमा भारतको बिहारका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका–१३ का ४० वर्षीय हिमाल बाठामगरलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको रुपन्देही प्रहरीले जनाएको छ।

बुटवल आएको सीआईबीले काठमाडौंसहित देशका मुख्य शहरमा पनि कल सेन्टर सञ्चालन भएको हुनसक्ने आशंकासहित अनुसन्धान अघि बढाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved