प्रचण्ड, भट्टराई र नेपालबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल

नेपालभ्युज

प्रचण्ड, भट्टराई र  नेपालबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल

काठमाडौं। समाजवादी केन्द्र बनाउने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र माधव नेपालबीच छलफल भएको छ ।
जनता समाजवादी पार्टीबाट बाहिरिने क्रममा रहेका डा. बाबुराम भट्टराईलाई प्रचण्डले पार्टी एकताको लागि राखेको प्रस्ताव अस्वीकार भएपछि विभिन्न पार्टीहरूको मोर्चा बनाएर सहकार्य गर्नेबारे छलफल भएको हो ।

पछिल्ला केही दिनयता यी नेताहरु निरन्तर छलफलमा छन् । बिहीबार बिहान प्रचण्ड र बाबुरामबीच ललितपुरमा भएको भेटमा समाजवादी केन्द्र निर्माण बारे छलफल भएको छ।

जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि भट्टराई र प्रचण्डको भेट बाक्लिएको छ। यसअघि गत सोमबार भएको भेटमा भट्टराईले माओवादीमा आफू नफर्किने स्पष्ट रूपमा बताएका थिए।  भट्टराईले आफ्नो अडान कायमै राखेपछि समाजवादी केन्द्रमार्फत अघि बढ्ने माेडलमा छलपफल अघि बढेकाे हाे।

पछिल्लो पटक भएको छलफलमा कम्युनिष्ट विचारधाराको पार्टीमा नरहने बताउँदै आएका डा. भट्टराईले समाजवादी लाइनमा जाने बताएका छन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्र समान एजेन्डा लिएर अघि बढेको र समाजवादी केन्द्र बनाउँदा उनीहरूलाई पनि समेट्न सकिने बारेमा प्रचण्ड र भट्टराईबीच छलफल भएको एक नेताले बताए। डा. भट्टराई नयाँ पार्टी दर्ताको प्रक्रियामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved