जसपाबाट अलग भएपनि बाबुरामजीले गठबन्धन छाड्नु हुन्न : प्रचण्ड

‘‘यो गठबन्धन चुनावसम्मै जान्छ। कुरा क्लियर छ। बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ।’’

नेपालभ्युज

जसपाबाट अलग भएपनि बाबुरामजीले गठबन्धन छाड्नु हुन्न : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टीबाट अलग भएपनि गठबन्धन नछाड्ने बताएका छन्।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच झण्डै एक घण्टा छलफल भएको थियो। बैठकपछि सञ्चाकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया राख्दै अध्यक्ष दाहालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै जारी रहने बताए।

‘‘गठबन्धन बनाउनेबारे अरु पार्टीसँग पनि कुरा गरौँ, भोलि-पर्सिसम्ममा एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो,’’ उनले भने, ‘‘यो गठबन्धन चुनावसम्मै जान्छ। कुरा क्लियर छ। बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ। जसपाबाट अलग भएपनि गठबन्धन कुनै हालतमा छाड्दिन भन्नुभएको छ उहाँले।’’

संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई पार्टी अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका थिए। पार्टीले कारबाही गरेपछि नयाँ पार्टी गठनको तयारीमा रहेका बेला अध्यक्ष दाहाल र भट्टराईबीच भेटवार्ता भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved