देउवाप्रति गगनको आक्रोश : हामी पनि निर्वाचित महामन्त्री हौं, चुप लागेर बस्दैनौं

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले काम नगर्दा दोष आफूहरूमाथि आउन थालेको बताएका छन्।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले सभापतिले काम नगर्दाको दोष आफूहरूमाथि आउन थालेको बताए। देउवाले पार्टीभित्र आफूहरूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै उनले चुप लागेर नबस्ने बताए। उनले भने, ‘‘हामीहरूलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर बस्दैनौं, घेराबन्दी गर्ने खेल भइराख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं चुप लागेर बस्दैनौं।”

उनले हिजो केपी शर्मा ओलीको सरकारमा उठाएका प्रश्नले नै अहिले आफूहरूलाई लखेटिरहेको बताउँदै उनले सरकारको बचाउ नगर्ने बताए। ‘‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं, आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ?’’ उनले भने, ‘‘हिजो ओली सरकारको तीव्र आलोचना गर्‍यौं। आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved