भारतविरुद्ध आफ्नो देश प्रयोग हुन दिँन्नँ : प्रचण्ड

नेपालभ्युज

भारतविरुद्ध आफ्नो देश प्रयोग हुन दिँन्नँ : प्रचण्ड

काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सम्बन्ध अझ विशिष्ट भएको बताएका छन्।

दिल्लीस्थित सुष्मा स्वराज स्मृति भवनमा ‘फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलेसी’ नामक संस्थाले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ विषयक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपाल-भारत सम्बन्ध कहिल्यै नटुट्ने बताए। त्यहाँस्थित (भाजपा) सत्तारुढ दलका अध्यक्षको निम्तोमा उनी पुगेका हुन्।

“नेपाल–भारतको सम्बन्ध परापूर्वसमयदेखि रहेको छ। यो सम्बन्ध ऐतिहासिक रुपमा सामाजिक, सांस्कृतिक र जनस्तरमा रहेको छ”, प्रचण्डले भने, “हामी जमिन, भाषा, साहित्य, धर्म र नदिले जोडिएका छौं।”

प्रचण्डले नेपालले छिमेकी मुलुकविरुद्ध आफ्नो देश प्रयोग हुन नदिने पनि बताएका छन्। “नेपाल र भारत एकअर्काको चासो र हितमा प्रतिबद्ध रहेका छौं। नेपाल आफ्नो भूमि छिमेकीको विरूद्ध प्रयोग हुन दिने छैन र भारतबाट पनि त्यही प्रतिबद्धता चाहन्छ”, उनले भने, “जनस्तरबीच रहेको सम्बन्ध, खुल्ला सिमाना र अपार सद्‌भावना लगायतका विषयले नेपाल भारतको विशिष्ट सम्बन्ध रहेको छ।”

प्रचण्डले व्यापार र विकासका लागि भारत महत्त्वपूर्ण साझेदार मुलुक रहेकोले भारतले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद पनि दिए। “नेपालका लगि भारत महत्त्वपूर्ण साझेदार मुलुक हो। कोभिडको बेला भारतले गरेको स्वास्थ्य सहयोगप्रति धन्यवाद दिन्छु। त्यस्तै, भूकम्पका बेला र भूकम्पपछिको पुनर्निमार्णका बेला गरेको सहयोगप्रति आभार प्रकट गर्दछु”, प्रचण्डले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved