नाटक ‘एक सिक्का’ ३२ असारमा

नेपालभ्युज

नाटक ‘एक सिक्का’ ३२ असारमा

काठमाडौं। एस वार्षिक नाटक २०२२ ‘एक सिक्का’ नेपाल प्रज्ञा प्रष्ठिानमा ३२ असारमा प्रदर्शन हुने भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसपटक नाटकको नाम ‘एक सिक्का’ राखिएको आयोजकले जनाएको छ। नाटक दिउँसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ।

‘एक सिक्का’ को नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेका छन्।

एस इन्सटिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीले आयोजना गर्ने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो। ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि शुरु भएको हो। विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक वर्ष नाटक गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved