सत्ता गठबन्धन बैठकमा देउवाले भने, ‘गभर्नरले राजीनामा दिनुपर्छ’

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा गभर्नरबारे प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्। देउवाले गभर्नर अधिकारीसँग अरु कुनै विकल्प नै नभएको पनि बताए।

नेपालभ्युज

सत्ता गठबन्धन बैठकमा देउवाले भने, ‘गभर्नरले राजीनामा दिनुपर्छ’

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सत्तारुढ दलका नेताहरुसँग देउवाले यस्तो बताएका हुन्।

आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा गभर्नरबारे प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्। देउवाले गभर्नर अधिकारीसँग अरु कुनै विकल्प नै नभएको पनि बताए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा खोटाङका एम अधिकारीको नाम उल्लेख भएपछि उक्त नाम गभर्नर अधिकारीकै भएको भन्दै व्यापक आलोचना भएको थियो। सामाजिक सञ्जालमा पनि अधिकारीको राजीनामा माग्दै आलोचना भइरहेको छ।

सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरुले उक्त विषयलाई उठाएपछि प्रधानमन्त्री देउवाले गभर्नरले राजीनामा दिनुपर्ने बताएका हुन्। नैतिक रुपमा राजीनामा दिनुपर्ने बताउँदै बैठकमा देउवाले भनेका थिए, ‘राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved