जसपाले खोस्यो बाबुराम, हिसिलालगायतको जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरूको जिम्मेवारी खोस्दै कारबाही गरेको छ।

नेपालभ्युज

जसपाले खोस्यो बाबुराम, हिसिलालगायतको जिम्मेवारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरूको जिम्मेवारी खोस्दै कारबाही गरेको छ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले उनीहरूमाथि कारबाही गरेको हो। पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बैठकले ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ।

जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी पदमुक्त भएका छन्।

भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved