किशोरी मृत्यु प्रकरण : सँगै बसेका युवक र होटल सञ्चालक पक्राउ

नेपालभ्युज

किशोरी मृत्यु प्रकरण : सँगै बसेका युवक र होटल सञ्चालक पक्राउ
सांकेतिक तस्वीर

रुपन्देही। एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हाे। यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएकोे इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

गत शनिबार दिउँसो बुटवल–३ गोलपार्कस्थित होटलको कोठामा सुदीक्षा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। शुक्रबार साँझ असिमसँगै होटलमा गएकी सुदीक्षालाई झुण्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

मृतकका परिवारजनले असिमविरुद्धमा जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि श्रेष्ठ र अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख केसीले बताए।

यसअघि इलाका प्रहरी कार्यालयले दिएको सूचनामा मृतकको नाम समीक्षा र उमेर १७ वर्षको भएको उल्लेख गरिए पनि मृतकका बुवाले दिएको जहेरीमा भने मृतक किशोरीको नाम सुदीक्षा रहेको र उमेर १६ वर्षको रहेको उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved