संघीयता खारेज गर्नुपर्छ भन्नु निरंकुश राजतन्त्रतर्फको यात्रा : प्रचण्ड

नेपालभ्युज

संघीयता खारेज गर्नुपर्छ भन्नु निरंकुश राजतन्त्रतर्फको यात्रा : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही नेताहरू संघीयता नै खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहेकाले यस्तो माग देशलाई निरंकुश राजतन्त्रतर्फ लैजाने प्रवृत्ति भएको बताएका छन्।

विकल्प फाउण्डेशनले बिहीबार ललितपुरमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा उनले संघीयता खारेज गर्नुपर्छ भनी देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजाने प्रवृति देखापरेको बताए। आफूहरू जनताको हक अधिकारलाई थप बलियो गर्दै अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै उनले मुलुकलाई अघि बढाउन अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको धारणा राखे। वैज्ञानिक विचार राख्नेहरू एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने उनको भनाइ थियो।

संविधानले माग गरेअनुसारका नयाँ ऐन ल्याउन खोज्दा रोक्ने षडयन्त्र भएको उनले बताए।

वैज्ञानिक सोचसहितको नयाँ खालको बहस नेपाली समाजलाई आवश्यक परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व र आन्दोलनका लागि पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved