भाउजूलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ

नेपालभ्युज

भाउजूलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ
सांकेतिक तस्वीर

सुर्खेत। रुकुमपश्चिममा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका– १ रुँघाका ३६ वर्षीय देउकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

खड्काले आइतबार राती साढे ८ बजेको समयमा खड्काले ३७ वर्षीय भाउजू दिलसरा बोहरा खड्कालाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दिलसराको अवस्था गम्भीर रहेको छ। घाइतेलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको छ।

जग्गा अंशबण्डाको विषयमा विवाद उत्पन्न हुँदा देवरले भाउजूमाथि खकुरी प्रहार गरेका हुन्। उनको टाउको र हातमा गहिरो चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved