विश्वविख्यात कान्छा आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

तामाङले १७ वर्ष ६ महीना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन सगरमाथा आरोहण गरेका थिए। तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो।

नेपालभ्युज

विश्वविख्यात कान्छा आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं। ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। काठमाडौंको स्वयम्भूमा सोमबार बौद्ध परम्पराअनुसार तामाङको अन्त्येष्टि गरिएको हो।

तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ पुगेका थिए। मन्त्री श्रेष्ठले राष्ट्रिय झण्डा ओढाई नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते बिहान निधन भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो।

नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताए।

तामाङले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन  सगरमाथा आरोहण गरेका थिए। तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved