फेरि उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ, चौथो लहर आउने संकेत

छिमेकी देश भारतमा पनि पछिल्लो समय कोरोना भाइरस बढिरहेको देखिएको छ। जसले गर्दा पनि नेपालमा पनि त्यसको प्रभाव देखिने विज्ञहरूले चेतावनी दिइरहेका छन्।

फेरि उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ, चौथो लहर आउने संकेत

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमण पुनः उकोलो लागेसँगै जन स्वास्थ्यविद्हरूले चौथो लहर आउने संकेत गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १ असारमा कोरोनाको संक्रमणदर ०.६४ प्रतिशतमा रहेको थियो भने अहिले बढेर ४ प्रतिशत पुगेको छ। छिमेकी देश भारतमा पनि पछिल्लो समय कोरोना भाइरस बढिरहेको देखिएको छ। जसले गर्दा पनि नेपालमा पनि त्यसको प्रभाव देखिने विज्ञहरूले चेतावनी दिइरहेका छन्।

पछिल्लो दुई सातायता भारतमाबाट नेपाल आउने व्यक्तिहरूमा संक्रमणदर वृद्धि भइरहेको स्वास्थ्य मन्त्रायको प्रवक्ता डा.संगीता मिश्रले बताइन्।

त्यस्तै २२ असारमा मन्त्रालयले नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि गरेको थियो।

‘बीए फाइभ’ पुष्टि भएका दुई जनामध्ये एक जना रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने व्यक्ति रहेका प्रवक्ता डा.मिश्रले बताइन्। जुन उपप्रजाति ओमिक्रोनको अन्य प्रजातिभन्दा ‘बीए फाइभ’ बढी संक्रामक भएको समेत उनले बताइन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले पनि पछिल्लो समय दैनिक भारतबाट नेपाल प्रवेश गर्नेमध्ये १५-२० जनामा संक्रमण पुष्टि भइरहेको बताए।

“नेपालमा हालै मात्र देखिएको ओमिक्रोनको नयाँ प्रजाति निकै छिटो फैलिने भएकाले नेपालमा यसले चौथो लहर आउन सक्ने संकेत रहेकोले हामी त्यहीअनुसार पूर्वतयारी गरिहेका छौं,” उनले भने।

यद्यपि चौथो लहर नफैलियोस भनेर इपिडिमियोलोजीले नेपाल प्रवेश गर्नेलाई नाकामा कडाइ गर्नुका साथै संक्रमण पुष्टि हुनेलाई होम आइसोलेसन र अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरेको निर्देशक डा दासले बताए।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा प्रत्येक दुई हप्तामा जिन सिक्वेन्सिङ गर्ने व्यवस्था गरेको समेत उनले बताए। संक्रमण दर बढ्दै जाँदा संक्रमितलाई व्यवस्थापन गर्न अस्पताल र स्वाब परीक्षणका लागि ल्याबहरूलाई सतर्क अवस्थामा बस्नसमेत आग्रह गरेको उनले जानकारी दिए।

‘बीए फाइभ’ निकै संक्रामक

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ओमिक्रोनको उपप्रजाति ‘बीए.फाइभ’ लाई वैज्ञानिकहरूले अहिलेसम्मकै तीव्र गतिमा फैलिन सक्ने क्षमता भएको प्रजातिका रुपमा लिएको उनले बताए।

तीव्र गतिमा फैलिन सक्ने भए पनि घातकका हिसाबले भने कमजोर रहेको समेत उनले जानकारी दिए। “यो अघिल्लो ओमिक्रोनकै पुस्ताको उपप्रजाति भएकाले अहिलेसम्म यो धेरै नै घातक छ भनेर पुष्टि भइसकेको छैन। ओमिक्रोन र ‘बीए फाइभ’का लक्षणहरू पनि एकै किसिमको देखिन्छ। यसले ठूलै तरंग ल्याउँछ भन्ने छैन। र अस्पताल भर्ना गराउनेजस्ता जटिलता पनि ल्याएको अहिलेसम्म कतै देखिँदैन,” उनले भने।

त्यस्तै ‘बीए फाइभ’ उपप्रजाति बाह्य देशहरूमा तीन-चार महीनादेखि नै देखिहरहेकाले यसले संक्रमण गराएर अस्पताल भर्ना हुने र मत्यु हुने दर निकै कम रहेको रहेको समेत उनले जानकारी दिए।

“जति जति बिरामी परीक्षण गर्न जान्छन् त्यति त्यति संक्रमणदर बढ्छ, त्यसले कोरोनको ग्राफ पनि उकालो लाग्दै जाने हो,” डा पुनले भने, “जुन पछिल्लो समयमा नेपालमा त्यस्तै नै भइरहेकाले चौथो लहर आउँदै छ भनेर संकेत गर्न सकिन्छ।”

चौथो लहर आउने संकेत गरिरहँदा यो महिना नै चौथो लहर आउँछ भनेर अहिले नै प्रक्षेपण गर्न भने नमिल्ने समेत उनले बताए।

जति जति मानिसमा भाइरसले संक्रमण गराउँछ त्यति नै संरचना परिवर्तन हुँदै जाने सरुवा रोग विशेष डा.सागरराज भण्डारीले बताए। यसरी संक्रमण पुनः बढ्दै जानुमा स्वास्थ्यका मापदण्डहरू पनि पालन नगर्नु एउटा मुख्य कारण रहेको उनको भनाइ थियो।

भीडभाड, गर्मीयाम, भदौरे जात्रा जस्ता क्रियाकलापले अझै कोरोना संक्रमण फैलिन सक्ने उनको दाबी छ। तर अहिले नेपालमा फैलिरहको ‘बीए फाइभ’ उपप्रजाति अन्य प्रजातिजति घातक नभएकाले जोखिम केही कम हुन सक्ने अनुमान उनले गरे।

“सबैले नेपालमा कोरोनाको चौथो लहर आउने संकेत गरिसकेका छन्”, उनले भने, “यसले अन्य व्यक्तिभन्दा पनि दीर्घगोरीहरूलाई समस्यामा पार्न सक्ने भएकाले हरेक व्यक्ति चनाखो भएर आफू संक्रमित भएको हुन सक्छु र अरुलाई पनि संक्रमित पार्न सक्छु भनेर सुरक्षित बस्न आवश्यक छ।”

भाइरसले गराउन सक्ने जटिल समस्याबाट कोरोनाविरुद्ध खोपले रोक्न सक्ने भएकाले खोप लगाएको तीन-चार महीना नाघिसकेका सबैले खोप लगाउन अनुरोध गरे। त्यस्तै सरकारले परीक्षणको दायर बढाउनुका साथै परीक्षणको राम्रोसँग रिपोर्टिङ गर्न पनि उनले अनुरोध गरे।

असार १ गते-३ हजार ९०५ परीक्षण – २५ जनामा संक्रमण पुष्टि,
असार २ गते- २ हजार २६८ परीक्षण- १६ जना संक्रमण पुष्टि
असार ३ गते – ३ हजार ६१० परीक्षण ३४ जना संक्रमण पुष्टि
असार ४ गते – २ हजार २३४ परीक्षण – २२ जना संक्रमण पुष्टि
असार ५ गते – २ हजार २२७ परीक्षण – २३ जना संक्रमण पुष्टि
असार ६ गते – ३ हजार ९१४ परीक्षण – २८ जना संक्रमण पुष्टि
असार ७ गते – २ हजार ८१४ परीक्षण – १९ जना संक्रमण पुष्टि
असार ८ गते – २ हजार ४२५ परीक्षण – ३१ जना संक्रमण पुष्टि
असार ९ गते – २ हजार ४९४ परीक्षण – ४९ जना संक्रमण पुष्टि
असार १० गते – १ हजार ८५२ परीक्षण – ३२ जना संक्रमण पुष्टि
असार ११ गते – १ हजार ८०२ परीक्षण – २७ जना संक्रमण पुष्टि
असार १२ गते – १ हजार ७०३ परीक्षण – २९ जना संक्रमण पुष्टि
असार १३ गते – ३ हजार ३५८ परीक्षण – ४१ जना संक्रमण पुष्टि
असार १४ गते – २ हजार ७९८ परीक्षण – ४४ जना संक्रमण पुष्टि
असार १५ गते – १ हजार ६२० परीक्षण – ६२ जना संक्रमण पुष्टि- ३.८२ प्रतिशत
असार १६ गते – २ हजार ६९८ परीक्षण – ५५ जना संक्रमण पुष्टि
असार १७ गते – २ हजार ८१४ परीक्षण – ५० जना संक्रमण पुष्टि
असार १८ गते – २ हजार ४६७ परीक्षण – ४४ जना संक्रमण पुष्टि
असार १९ गते – २ हजार १२० परीक्षण – ५५ जना संक्रमण पुष्टि
असार २० गते – ३ हजार १० परीक्षण- ४० जनाको संक्रमण पुष्टि
असार २१ गते -३ हजार ११२ परीक्षण- ९० जनामा संक्रमण पुष्टि
असार २२ गते – २ हजार ७२४ परीक्षण – ११४ जनामा संक्रमण पुष्टि
असार २३ गते – ३ हजार ५१५ परीक्षण-७८ जनामा संक्रमण पुष्टि
असार २४ गते – २ हजार १५४ परीक्षण -९८ जनामा संक्रमण पुष्टि


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved