काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने बताएका छन्।
तराई विकास तथा सञ्चार केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गरिने बताए।
उनले भने, ‘‘सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै यसको प्रभावकारी कार्यान्वयन गरिने छ। अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्छौँ।’’
उनले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताए। कोषबाट आश्रित परिवार सुविधा र अवकाश सुविधावापत आर्थिक सहयोग प्राप्त हुने भएकाले यसको महत्व धेरै रहेको उनको भनाइ छ।
कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने समेत तयारी गरेको छ। कोषमा हालसम्म १९ अर्ब ६२ करोड रुपैयाँ योगदान रकम जम्मा भएको बताइएको छ।
Facebook Comment
Comment