अर्थमन्त्रीविरुद्ध युवासंघको प्रदर्शन, ‘सेतो जुँगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ (तस्वीरहरू)

अर्थमन्त्रीविरुद्ध युवासंघको प्रदर्शन, ‘सेतो जुँगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ (तस्वीरहरू)

काठमाडौं । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई राखेर गैरकानूनी काम गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ।

नेकपा एमालेको भ्रातृ संस्था युवा संघले आज काठमाडौंको अनामनगरमा आज उनको तस्वीरसहित ‘अर्थमन्त्री ज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो ?, ‘सेतो जुंगा, कालो मन, सीसीटीभी फुटाउने मै हो भन’ लेखिएको ब्यानर बोकेर नारा लगाएका थिए।

बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ रातिको सीसीटीभी फुटेज मेटिएको भन्दै अर्थ मन्त्रालयले बताएपछि अर्थमन्त्री शर्माको चौतर्फी आलोचना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved