धनराज गुरुङले ‘सेफ ल्याण्डिङ’ कुरा उठाएपछि देउवाको जवाफ : ‘प्रधानमन्त्री भएपछि थाहा पाउनुहुनेछ’

नेपालभ्युज

धनराज गुरुङले ‘सेफ ल्याण्डिङ’ कुरा उठाएपछि देउवाको जवाफ : ‘प्रधानमन्त्री भएपछि थाहा पाउनुहुनेछ’

काठमाडौं। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गरे।

कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको सो अर्धकदको शालिकको अनावरण कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ पनि उपस्थित थिए।

कार्यक्रममा उपसभापति धनराज गुरुङले गठबन्धनको सुरक्षित अवतरण नगरे देश दुर्घटनातर्फ जान सक्ने बताए। उनले भने, ‘‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाजमा चढ्यौँ। जहाज अहिले आकाशमा छ, तर ल्याण्डिङ भएको छैन’’, उनले भने, ‘‘जहाजको सेफ ल्याण्डिङतिर सोच्नुपर्ने समयमा साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ।’’

संघीय र प्रदेश निर्वाचनका बेला एकापसमा लड्नेभन्दा पनि जहाज सेफ ल्याण्डिङ गर्नेतिर सोच्नुपर्ने उनले बताए।

प्रधानमन्त्री देउवाले भने प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे।

उपसभापति गुरुङले उठाएको सेफ ल्याण्डिङबारे जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘‘गठबन्धनमा समस्या आएको छैन। विवादलाई सामान्य रुपमा नै लिनुपर्छ’’, उनले भने, ‘‘एउटै पार्टीमा रहेकाहरुबीच त समस्या आउँछ भने कुर्सीमा समस्या हुनु त सामान्य कुरा हो। अरु पार्टीलाई मिलाउन सहज छैन। तपाईँ प्रधानमन्त्री भएपछि थाहा पाउनु हुनेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved