पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी बाटोमै रोकिए

वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरुद्ध भएको छ। पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएपछि विभिन्न जिल्लामा जाने यातायात अवरुद्ध छ।

नेपालभ्युज

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी बाटोमै रोकिए
फाइल तस्वीर

काठमाडौं। वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरुद्ध भएको छ। पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएपछि विभिन्न जिल्लामा जाने यातायात अवरुद्ध छ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो।
लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन्।  यात्रुले सास्ती व्यहोरिरहेका छन्। पहिरोसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ।

आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ। लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै रोकिएका छन्।

जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिरोका कारण अवरुद्ध छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved