सिटीका ग्याब्रियल जिसस आर्सनलमा अनुबन्धित

नेपालभ्युज

सिटीका ग्याब्रियल जिसस आर्सनलमा अनुबन्धित

काठमाडौं। म्यान्चेष्टर सिटीका फरवार्ड ग्याब्रियल जिसस अर्को इंलिस क्लब आर्सनलसँग अनुबन्धित भएका छन्।

४५ मिलियन युरोमा ब्राजिलियन खेलाडी जिससलाई लामो समयको सम्झौता सहित खरीद गरेको आर्सनलले आफ्नो अधिकारीक वेभसाइटमार्फत जनाएको छ। २५ वर्षीय जिसस साढे पाँच वर्षको म्यान्चेष्टर सिटीको बसाइपछि आर्सनलतर्फ लागेका हुन्। उनले आसर्नलमा ९ नम्बरको जर्सी लगाउने बताइएको छ।

इंलिस प्रिमियर लिग च्याम्पियन सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अर्का स्टार स्ट्राइकर एर्लिङ हाल्याण्डलाई किनेपछि जिससको बाटो खुला गरेको हो।

जिसस प्रिमियर लिगको पछिल्लो पुस्ताका प्रभावशाली स्ट्राइकरमध्ये एक हुन्। उनले सिटीबाट खेलेका २३६ खेलमा ९५ गोल गरेका छन्। उनले चार पटक प्रिमियर लिग र तीन पटक लिग कपको उपाधि जितिसकेका छन्।

ब्राजिलको राष्ट्रिय टिमबाट भने उनले हालसम्म खेलेको ५६ खेलमा १९ गोल गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved