आईएमई पे र स्मार्ट क्यूआरबीच साझेदारी

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा २५ सयसम्मको छुट

नेपालभ्युज

आईएमई पे र स्मार्ट क्यूआरबीच साझेदारी

काठमाडौं। आईएमई ग्रुपद्वारा संचालित ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवर्द्धित आईएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुरूप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आईएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सकिने आईएमईले जनाएको छ।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आईएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन्। कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम रू.२५०० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved