अब अस्ट्रेलिया जान कोरोनाविरुद्ध खोप लगाएको कार्ड देखाउन नपर्ने

आगामी बुधबारदेखि अस्ट्रेलिया पुग्ने यात्रुले खोप लगाएको पुष्टि गर्न अब ‘डिजिटल प्यासेन्जर डिक्लरेसन (डीपीडी) पूरा गर्नु पर्ने छैन।

नेपालभ्युज

अब अस्ट्रेलिया जान कोरोनाविरुद्ध खोप लगाएको कार्ड देखाउन नपर्ने

काठमाडौं। अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान हटाएको छ।

आइतबार सरकारले उक्त निर्णय गरेको हो। गृहमामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले अब खोप अनिवार्य गर्ने नियम लागू नहुने जानकारी दिएका हुन्।

आगामी बुधबारदेखि अस्ट्रेलिया पुग्ने यात्रुले खोप लगाएको पुष्टि गर्न अब ‘डिजिटल प्यासेन्जर डिक्लरेसन (डीपीडी) पूरा गर्नु पर्ने छैन।

यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेश गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको छ।

ओनेलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘हामीमध्ये धेरै अन्तर्राष्ट्रिय तवरमा यात्रा गर्दैछौँ र हामी कोभिडबाट हुने हाम्रो जोखिमको प्रबन्धमा अझ विश्वस्त हुँदैछौँ। हाम्रा विमानस्थलहरू व्यस्त हुँदैछन्।”

खोप लगाएको हुनुपर्ने अनिवार्यतालाई हटाउँदा हाम्रो विमानस्थलको काम कारबाही छरितो हुनुका साथै अझ धेरै आगन्तुक तथा दक्ष कामदारहरूलाई गन्तव्यको रूपमा अस्ट्रेलिया छान्न प्रोत्साहन मिल्ने सरकारको अपेक्षा छ।

तर, अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ। अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा यो घोषणा भएको हो।

आज बिहान मात्रै अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ को थप सङ्क्रमण भएको जनाएको छ। विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यू साउथ वेल्समा २५ जनाको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved